एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै



काठमाडौं। नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ। बैठक आज आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्नेछ।

एमालेमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू सदस्य रहने केन्द्रीय कार्यालय टिमको व्यवस्था छ।

बैठकले भोलि सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूची निर्धारण गर्ने एमाले प्रचार विभाग उपप्रमु विष्णु रिजालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्