जिल्ला युवा समिति सोलुखुम्बुका नवनियुक्त अध्यक्ष राईले लिए सपथ

सोलुखुम्बु।जिल्ला युवा समिति सोलुखुम्बुको अध्यक्षमा नियुक्त सुजन राईले सपथ लिएका छन्।

राईसहित परिषदका नव नियुक्त १३ जिल्ला अध्यक्षहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज “अथक” ले सपथ गराएका हुन्।युवाको समग्र बिकास र परिचालनको क्षेत्रमा काम गर्ने उद्देश्यले सरकारद्वारा स्थापित राष्ट्रिय युवा परिषद ऐन,२०७२ को दफा ११ को उपदफा २(क) अनुसार राईलाई परिषदले जेठ १६ गते सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।उनको कार्यकाल ४ बर्षको रहने परिषदले जनाएको छ।

