पृथ्वी राजमार्ग अवरूद्व: आबुखैरेनीमा सडक भासियाे



काठमाडौं।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको प्रहरीले जनाएकाे छ । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट सवारी आएका हुन त्यतैतर्फ सवारी साधान फर्काउने काम भैरहेकाे ट्राफिक प्रहरीले जनाएकाे छ। करिब २० मिटर सडक भाँसिएको छ । आँबुखैरेनीबाट पाेखरातिर जाने यातायात पुरै बन्द भएकाे छ।(फोटो:सामाजिक सन्जाल)

प्रतिक्रिया दिनुहोस्