फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टीतेलमा १२ रुपैयाँ वृद्धि



काठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि गरेको छ। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टीतेलमा १२ रुपैयाँले भाउ बढाएको हो।

मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल १६५ रुपैयाँ पुगेको छ। ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।

निगमले गत साता पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ भाउ घटाएको थियो। मूल्य समायोजनपछि पनि पाक्षिक रुपमा तीन अर्ब ८९ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्