एक महिना पनि टिकेन सरकारको निर्णय, दुई दिन सार्बजनिक बिदा दिने निर्णय फिर्ता



काठमाडौं ।सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।

जेठ १ गते देखि लागु हुने गरि हप्ताको दुई दिन बिदा दिने गरी गत बैशाख २६ गते आफैंले गरेको निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिएको हो।

स्वास्थ्य मन्त्री विरोध खतिवडाका अनुसार अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ ।

दुई दिने सार्बजनिक बिदा अब्यबहारिक भएको भन्दै यस अघि नै कतिपय स्थानीय तहले सरकार कटौती गरेका छन् भने निर्णय बदरको माग गर्दै आजै सरकारको सो निर्णय बिरुद्ध सर्बोच्चमा रिट दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्