नेचासल्यानले गर्‍यो आइतबारको सार्बजनिक बिदा कटौती



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले हप्ताको शनिबारबाहेक अन्य दिन सबै कार्यालय खोल्ने निर्णय गरेको छ।

सरकारले घोषणा गरे अनुरुप आइतबार पनि सार्बजनिक बिदा दिंदा सेवाप्रवाहमा असर भइ नागरिकले सास्ती ब्यहोर्नु परेको भन्दै आईतवार सम्पन्न गाउँकार्यपालिका बैठकले शनिबारबाहेक अन्य दिन बिदा नदिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लवुन राईले जानकारी दिए।राइका अनुसार यो निर्णय बुधबारबाट लागु हुनेछ।

सरकारले इन्धनको खपत कम गर्ने भन्दै केहि हप्ता यता हप्ताको दुई दिन सार्बजनिक बिदा दिंदै आएको छ।यद्यपि कतिपय स्थानीय तहहरुले भने सरकारको यो निर्णय कार्यान्वयन गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्