लोसपाको केन्द्रीय समिति बैठक सुरु,प्रदेश र संघीय निर्बाचनको तयारीबारे छलफल हुने
काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमिति बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको बन्दै छलफल सुरु भएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले राज्यशक्तिको दुरुपयोग भएकाले आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताए । राज्यशक्तिको दुरुपयोगकै कारण आफ्नो पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको उनको विश्लेषण थियो ।

पहिलो दिनको बैठकमा अध्यक्ष ठाकुरले संघीय निर्वाचनमा कसरी जाने भन्ने बारेमा नेताहरूको धारणा मागेका छन् । बैठक आइतबार पनि जारी रहने छ ।
यसैबीच,प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । वाम एकताको चहलपहल सुरु भएका बेला प्रधानमन्त्री देउवाले ठाकुरलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका हुन् ।
दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भएको हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए ।
भेटवार्ताका क्रममा अध्यक्ष ठाकुरले आफूहरुले विगतदेखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्तालगायतका माग सम्बोधन गरे मात्र सत्ता पक्षसँग सहकार्य हुन सक्ने धारणा राखेका छन् ।

