नेपालगञ्जमा भएको अप्रिय घटना अत्यन्त दु:खदायी : पूर्बराजा



काठमाडौं।नेपालगञ्जमा राजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गर्ने क्रममा अवरोध पुर्‍याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्नुभएको छ ।

सालिक स्थापनाको विषयमा नेपालगञ्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ । ‘इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ,’ शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपालगञ्जवासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्फुर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुर्‍याइएको घटनाबाट हामी स्तब्ध भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको गौरवमय इतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमतसंग्रह, युगानुकूलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रीय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।’

प्रतिक्रिया दिनुहोस्