लिखुपिकेमा कांग्रेसले खोल्यो खाता,वडा नं १ मा कांग्रेसको प्यानलै बिजयी



सोलुखुम्बु।जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्बाचनमा खसेको ४ सय ५४ मत मध्ये उक्त वडामा नेपाली काँग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेकपा माओबादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याएका लिए ।

४ जना वडा सदस्य पनि सबै काँग्रेस कै निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्