बिदेशमा रहेका नेपालीलाई पनि साधारण सेयरमा कोटाको ब्यबस्था गरिने



काठमाडौं।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले दुई महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा पाउने पनि दाबी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै बोर्डका अध्यक्ष हमालले वैदशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओमा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रिपरिषद्बाट पास हुनेबित्तिकै लागू गरिने बताएका हुन् । उनले पछिल्लो समय अत्यधिक रुपमा सेयर बजारमा उतारचढाव आउनुमा सबै क्षेत्रको लगानी सन्तुलन नभएको कारण रहेको बताउँदै बजारमा ठूलो लगानी भएको क्षेत्र समावेश गराउने प्रयास भइरहेको बताए ।

सरकारले पेट्रोलियम पदार्थको बचत गर्ने नाममा १ जेठदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने घोषणा गरेका कारण नियमति सेयर कारोबार चार दिनमा खुम्चने आशंकाका बीच उनले शुक्रबार पनि नियमित कारोबार गरिने जानकारी दिए।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्रबार ‘अड लट’को मात्र कारोबार हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्