आर्थिक क्षेत्रमा जन्म्यो अर्को संस्था, नेपाल उद्यमी संघको संयोजकमा बास्तोला




काठमाडौं।मुलुकभरका उद्यमी ब्यबसायीहरुका समग्र समस्याको पहिचान गरि त्यसलाई नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले नेपाल उद्यमी संघ(इन्टरप्रेनर एसोसिएसन अफ नेपाल) नामक नयाँ संस्था गठन भएको छ।

पूर्ब अर्थमन्त्री समेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न प्रथम भेलाबाट सो संघ गठन भएको हो।नवगठित मञ्चको संयोजकमा युवा उद्यमी दीपक बास्तोला चयन भएका छन् ।

कृषि,पर्यटन,सूचना प्रबिधि, शिक्षा, हाईड्रोपावर र गार्मेन्ट लगायतका क्षेत्रमा क्रियाशील मुलुकभरका उद्दमीहरु सहभागी सो भेलाले बांस्तोलाको संयोजकत्वमा ५१ सदस्यीय संघ गठन गरिएको जनाईएको छ।

संस्थाको सह-संयोजकमा हरी दाहाल चयन भएका छन् भने सचिवमा विशाल केसी छन् ।सो मञ्चमा प्रत्येक प्रदेशबाट ५/ ५ जना सदस्यको प्रतिनिधित्व गराईने संयोजक बास्तोलाले रहस्यखबरलाई बताए ।

मुलुकको बढ्दो ब्यापारघाटा न्यूनीकरणका लागि उद्योग र उद्यमीहरुको बिकास अनिवार्य रहेकोले उद्योग र उद्यमीहरुका समग्र समस्या र त्यसको समाधानका लागि नीतिगत तहमा राय सुझाव दिने र घच्घच्याउने काम यो संस्थाले गर्ने बांस्तोलाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्