आधुनिक मेलोडी गीत ‘मैसाब’ को गीति भिडियो निर्माण हुंँदै



काठमाडौं।आधुनिक मेलोडीमा रहेको नयाँ गीत ‘मैसाब’ को गीति भिडियो एकहप्तामा सार्बजनिक हुनेभएको छ।

दोलखाली गायक बिजय खड्काको स्वर र शब्दमा रहेको सो गीतको गीति भिडियोमा अहिलेका चर्चित मोडल सागर लम्साल ‘बले’ र आयुश्मा कार्किको अभिनय रहेको छ।

नवीन कार्कीले संगीत भरेको यो भिडियोमा मन्दिरा ढुंगानाको कोरियोग्राफी रहेको छ भने घनश्याम तिमल्सिनाले एन्टेना निर्देशन गरेका हुन।

रामकृष्ण कँडेलको छायांकन रहेको गीति भिडियोको छायांकन काठमाडौ उपत्यकाका विभिन्न रमणीय स्थानमा गरिएको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्