मेयर शेर्पाद्वारा नुनथलामा चिचिला क्राभेरी मेमोरियल टुर्नामेन्ट उद्घाटन




सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नँ -१ नुन्थलामा समाबेशी युथ क्लबद्वारा आयोजित चिचिला क्राभेरि मेमोरियल टुर्नामेन्ट २०२२ को नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरेका छन् ।

समाबेशी युथ क्लबद्वारा आयोजित र मोनभिसो नेपाल फाउन्डेसन, हिमालय तारा अर्गनाइजेसन नेपाल, सिर्जनशील सँस्थाको प्रायोजनमा नगरपालिका, गाउँपालिका, वडा स्तरीय महिला- पुरुष भलिबल प्रतियोगिता तथा जिल्ला ब्यापी खुल्ला लोक नृत्य, दोहोरी प्रतियोगिता र कक्षा ८ का विद्यार्थीबीच निबन्ध प्रतियोगिता हुने छ ।

उक्त कार्यक्रममा महिला पुरुष भलिबल अन्तर्गत प्रथम ७५ हजार, द्वितिय ५० हजार र तृतीय ३५ हजार नगद राशि र ट्रफि पुरुस्कार रहेको छ । खुल्ला लोक नृत्य अन्तर्गत प्रथम ५ हजार , द्दितिय ३ हजार, तृतीय २ हजार र दोहोरि प्रतियोगितामा प्रथम ५ हजार, द्दितिय ३ हजार, तृतीय २ हजार र निबन्धको ५० हजार नगद राशिको पुरष्कार रहेको छ ।

टाक्सिन्दु माध्यमिक बिद्यायलयको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाको उपमेयर बिशिस्ट अथिति उपमेयर कल्पना राई थिइन् । आजबाट सुरु भएको सो कार्यक्रम ३ दिनसम्म निरन्तर सन्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्