सोताङ : श्री सृजनशील युवा क्लब, गोर्खिमको पहिलो वार्षिकोत्सव सम्पन्न

सोलुखुम्बु। श्री सृजनशील युवा क्लब सोताङ-५ गोर्खिमको पहिलो वार्षिकोत्सवको अवसरमा ‘मेरो घर म सफा गर्छु’ सरसफाई तथा खेल मैदान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा इलाका प्रशासन कार्यालय सोताङका प्रमुख विष्णु प्रसाद सुवेदी, वडाध्यक्ष, संस्थाका सल्लाहकारहरु, संस्थाका पुर्वअध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिती थियो।
क्लबका अध्यक्ष मिलन नाछिरिङ को अध्यक्षतामा सम्पन्न कार्यक्रम ‘मेरो घर म सफा गर्छु’ सरसफाई कार्यक्रमको कार्यविधि सार्बजनिक गरिएको थियो।कार्यबिधिमा प्रत्येक घरमा घरदैलो कार्यक्रम गरेर सरसफाईको अवस्था र शौचालय छ,छैन यकिन गर्ने,सरसफाई सम्बन्धि शिक्षा तथा जनचेतना अभिबृद्दी गर्ने र हरेक दुई/दुई महिनामा संस्थाका पदाधिकारी सदस्यहरु, सल्लाहकारहरु र सरोकारवाला पक्षको अगुवाइमा सरसफाई अनुगमन गर्ने रहेको अध्यक्ष नाछिरिङले बताए ।

