बुढानिलकण्ठमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या,श्रीमान पक्राउ

काठमाडौं।आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडाको कारण भक्तले धारिलो हतियार धारिलो हतियार ‘दाउ’ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर पछि महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको बताइएको छ ।

