खुम्बु पासाङल्हामू गाउँपालिकाले गर्यो सुत्केरी ब्यथा लागेकी गर्भवती महिलाको उद्दार

खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकाले सुत्केरी ब्यथा लागेकी एक महिलाको उद्दार गरेर उदाहरणीय काम गरेको छ।

गाउँपालिका वडा नं ३ बेङकार निवासी फूरा गेल्जेन शेर्पाको श्रीमती आङ्दाकी शेर्पालाई अस्पताल जाँदै गर्दा ब्यथा लागेपछि गाउँपालिकाले टोकटोकबाट हेलिकप्टर चार्टर गरि लुक्ला अस्पताल पुर्याईएको ३ नं वडाध्यक्ष मिङमाछिरी शेर्पाले जानकारी दिनुभयो।
बाटैमा ब्यथा लागेर गाउँपालिकाद्वारा उद्दार गरेर लुक्ला अस्पताल पुर्याएको केही बेरमै आङदाकीले छोरालाई जन्म दिएकी थिइन।अहिले आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको शेर्पाले बताउँनु भयो ।

