पत्रकार महासंघको आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभागमा बिडारी



काठमाडौं।नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य शन्तराम बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ ।

उक्त विभागको उपप्रमुखमा सुभाष साह तथा सदस्यमा डा बालकृष्ण चापागाईँ, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी हुनुहुन्छ । विभागमा महासङ्घका केन्द्रीय सदस्य, श्रमजीवी पत्रकार, विज्ञलाई समावेश गरिएको छ ।

महासङ्घको हालै तिलौराकोटमा सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस क्षेत्रको हित संबर्द्दनका लागि केही विभाग तथा समिति गठन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्