थुलुङ दुधकोशी : अध्यक्ष राईको सक्रियता,एकैदिन पांच आयोजनाको उद्घाटन



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले एकैदिन ५ आयोजनाको उद्घाटन गरेका छन् ।

मंगलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा अध्यक्ष राईले ती आयोजनाहरुको उद्घाटन गरेका हुन।वडा नं ४ र ५ मा उद्घाटन गरिएका ती आयोजनामा राम्चे सडक, जनकल्याण माविको चार कोठे आरसीसी भवन , हिमालयन मावि लुहारेको चार कोठे आरसीसी भवन, सगरमाथा आवि दाम्लीको दुई कोठे भवन उद्धाटन र योङ ब्राइट स्टार क्लव रहेको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ।

स्थानीयको उल्लेख्य उपस्थिति रहेको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले पूर्बाधार बिकासलाई आफुले प्राथमिकतामा राखेर अगाडि बढेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्