चिसंखुगढीबाट ओखलढुंगा जाँदै गरेको बोलेरो दुर्घटना, एकजनाको मृत्यु,सात घाइते
ओखलढुंगा । ओखलढुंगाको सिस्नेखोलामा बोलेरो दुर्घटनामा हुँदा एक महिलाको ज्यान गएको छ ।

आइतबार बिहान जिल्लाको चिशंखुगढी दियालेबाट ओखलढुंगा सदरमुकाम आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका ५ सिस्नेखोलामा दुर्घटनामा हुँदा बोलेरोमा सवार चिशंखुगडी ३ दियाले कि ३५ वषिया कुमारी श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते उनको सामुदायिक अस्पतालमा ओखलढुंगामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइते मध्ये ४३ वर्षिया सिता भुजेल र २७ वर्षिय चालक हिमाल खतिवडालाई थप उपचारको लागि काठमाडौं रेफर गरिएको प्रहरी प्रमुख काफ्ले जानकारी दिए ।
अन्य घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोलेरोमा ८ जना सवार थिए । बोलेरो सडकवाट करिब ३० मिटर तल खसेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

