शेखर कोइराला भन्छन्,-‘बार निर्बाचनमा डीएलएले कसैसँग गठबन्धन गर्नु हुंदैन’




काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले बारको कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग गठबन्धन गर्न नहुने बताएका छन् ।

नेता कोइरालाले कांग्रेस निकट डीएलले बिधिको शासन स्थापना गर्न भूमिका महत्त्वपूर्ण भूमिका रहको भन्दै बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सो कुरा बताएका हुन।उनले निर्वाचनमा
अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिए मर्ममाथि आँच आउने बताए ।

“बिधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)को महत्तवपूर्ण भूमिका छ । यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो,” कोइरालाले लेखेका छन्, “नेपाल बार एसोसिएसनको निर्वाचनमा डीएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ । अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन । यदि यसो गरिए डीएलएको पेशागत मर्म र मर्यादामा आँच आउँछ ।”

प्रतिक्रिया दिनुहोस्