विद्यार्थीहरुलाई कांग्रेस नेता कार्कीको सहयोग,झण्डै २४ सय बढीले पाए झोला र शैक्षिक सामाग्री



सोलुखुम्बु।नेपाली कांग्रेसका नेता प्रकाशसिं कार्कीले जिल्लाको सोताङ र नेचासल्यानका गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २४ सय बढी छात्रछात्रालाई किताब बोक्ने झोला र शैक्षिक सामाग्रीहरु बितरण गर्नुभएको छ।

सु-किर्ती प्रतिष्ठान नेपाल सोलुखुम्बुको आयोजना र नेपाली कांग्रेस नेचासल्यानको संयोजनमा विभिन्न विद्यालयमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका कांग्रेस नेता कार्कीले झोला तथा शैक्षिक सामाग्री बितरण गर्नुभएको हो।

सोताङ गाउँपालिकाको श्री हुँगा माबिका गएको फागुन ११ गते सुरु भएको सो कार्यक्रम नेचासल्यानको कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामाग्री बितरण गरेर सोमबार समापन गरिएको कांग्रेस नेता दिनराज बास्तोलाले रहस्यखबरलाई बताए।

बांस्तोलाका अनुसार कार्यक्रम समापनका दिन कालिका आविका १ सय १८,जन्मज्योती आबिका ८, सगरमाथा आविका ७९ सिंहदेबि बालबिकासका ७ र सूर्योदय आविका ३८ गरि जम्मा २ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो।कार्यक्रम नेपाली कांग्रेस नेचासल्यानका सभापति निरकुमार शर्मा जयनेपालको सभापतित्वमा सम्पन्न भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्