नेचासल्यानका विद्यालयहरुमा विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्दै नेता कार्की



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले जिल्लाको नेचासल्यान गाउँपालिकाका विभिन्न बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामाग्री वितरण गरेका छन् ।

सु-कीर्ति प्रतिष्ठान नेपाल सोलुखुम्बुको आयोजना तथा नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका कार्य समितिको संयोजनमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वडा नं ३ र ४ का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको कांग्रेस नेता दिनराज बास्तोलाले जानकारी दिए।

बांस्तोलाका अनुसार सोमबार वडा न-३ का श्री हिमाल दर्शन माविमा अध्ययनरत ५४४,श्री सहिद नरनाथ आविका ७९ तथा वडा नं ४ का श्री केदार मावि र श्री जालपा आबिका क्रमशः४३३ र ५२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो।

मंगलबार सोही गाउँपालिकाका
सगरमाथा आबि, कालिका आबि, सुर्योदय आबि ,जन्मज्योती आवी र जनजागृति आविमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम रहेको बास्तोलाले बताए।

कार्कीले आइतबार नेचासल्यान वडा नं- ५ श्री गणेस्थान माबि, श्री तिनकन्या आबि,श्री भुमेस्थान आबि ,श्री हिमज्योती आबि र नेचासल्यान-३ को श्री आदर्शमिलन आबिमा कक्षा नर्सरी देखि १२ सम्मका ५१६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्