प्रशान्ति एकेडेमीमा खेलकूद सप्ताह सुरु



काठमाडौं।प्रशान्ति एकेडेमीमा खेलकूद सप्ताह सुरु भएको छ।

विद्यालयले आइतबार काठमाडौ जिल्ला नेसनल प्याव्सन, प्यावसनका पदाधिकारीहरुको आतिथ्यतामा सप्ताहको औपचारिक सुरुवात गरेको हो।सो अवसरमा विविध साँस्कृतिक कार्यक्रम , मार्च पास तथा अन्य गतिविधिहरुसहित प्रदर्शन गरिएको थियो।

खेलकुद सप्ताहमा खेलहरु विद्यालय परिसर र फुटसलमा समेत संचालन गरिने र विभिन्न १६ प्रकारका विधामा ४८ ईभेन्ट्स गरिने प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिए।

प्रत्येक वर्ष आयोजना हुने यो प्रकारको खेल सप्ताह कोभिड प्रभावका कारण गत वर्ष रोकिएकोमा यो सालबाट सकेसम्म इन्डीभिजुअल गेम्स लाइ आधार मानि तिनै प्रकारका धेरै खेलहरु समावेश गरि संचालन गर्न लागिएको प्रिन्सिपल बास्तोलाको भनाई छ।

खेल सप्ताहका लागि केही अगाडी देखि नै विद्यालयले धेरै अभ्यास खेल संचालन गरेको थियो। २० गते शुक्रवारसम्म सम्पन्न हुने सप्ताहमा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा सदनलाई एक विशेष कार्यक्रम आयोजना गरी पदक प्रमाणपत्र र ट्रफी वितरण गरिने समेत विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्