सांसद राईको पहलमा सोलुमा विद्युतीकरणका लागि ७२ करोडको टेण्डर आव्हान

सोलुखुम्बु।नेपाल विद्युत प्राधिकरणले सोलुखुम्बु जिल्लामा ग्रामीण विद्युतीकरणका लागी टेन्डर आव्हान गरेको छ।

संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई पहलमा उज्यालो साेलुखुम्बु अभियान अन्तर्गत चालु आर्थिक बर्षका लागि बिनियोजित रकम मध्येबाट ७२ करोडको ठेक्का आव्हान भएको सांसद राईको सचिवालयले जनाएको छ।जिल्लामा ग्रामीण विद्युतीकरणका लागि झण्डै ३ अर्बको स्टिमेट सर्बे सम्पन्न भइ सकेको सांसद राईले जानकारी दिए।
पहिलो चरणमा आव्हान भएको ७२ करोडको टेन्डरबाट जिल्लाको महाकुलुङ गाउँपालिका बाहेकका अन्य ७ वटा स्थानीय तहमा पोल,तार र ट्रान्समिटर जडानको काम हुने बताईएको छ।
महाकुलुङ गाउँपालिकाको विद्युतीकरणका लागि भने यस अघि नै १५ करोडको टेण्डर आव्हान भइ सकेको छ।उर्जा मन्त्रालय अन्तर्गतको सामुदायिक ग्रामीण विद्युतीकरण संस्थाको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत सह लगानीमा १५ करोडको टेन्डर आव्हान भएको सांसद राईले जानकारी दिए।
विद्युतीकरणको उद्देश्यले जिल्लाका लागि बिनियोजित बजेटबाट छिटै अर्को चरणको टेण्डर आव्हान हुने समेत सांसद राईको भनाई छ।दोश्रो चरणमा देउसा र खरिखाेलामा सव स्टेसन निर्माणसँगै अभियानलाई पूर्णता दिनेगरी काम हुने उनले बताए।

