सोलुखुम्बु : नेलेबाट सोताङ जाँदै गरेको ट्याक्टर दुर्घटना




डिल्ली शर्मा,सोलुखुम्बु ।सोलुखुम्बुको थुलुङ दुधकोशी १ नेले वाथिन्डुमा ट्याक्टर दुर्घटना भएको छ । नेलेबाट सोताङतर्फ जादै गरेको लु ३ त ८७८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिनुभयो ।

सडकबाट करिब २० मिटर तल खसेको ट्याक्टरका चालक बुटवलका ३० बर्षिय तारा कुमाल सकुशल रहेका छन भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्