एमसीसी आज टेबुल नगर्ने देउवा-प्रचण्ड सहमति




काठमाडौं।प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल नहुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटबार्तापछि सरकारले सो सम्झौता आज टेबुल नगर्ने भएको हो।नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकको निर्णय लिएर अध्यक्ष प्रचण्ड दिउँसो बालुवाटार पुगेका थिए।

यसअघि आजैको बैठकमा एमसिसी टेबल गर्ने तयारी थियो ।

तर, माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदमा एमसिसी टेबल गरिएमा आफूहरुले सरकार छाड्ने निर्णय गरेका थिए । यही निर्णय लिएर बालुवाटार पुगेका प्रचण्डले देउवालाई आजको बैठकमा एमसिसी टेबल नगर्न सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्