एमसीसी पारित गर्नुपर्नेमा कांग्रेस नेताहरु एकमत



काठमाडौं।नेपाली कांग्रेसका नेताहरु अमेरिकी सहयोग एमसिसी पारित गर्नुपर्ने कुरामा एकमत देखिएका छन् ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन बैठकमा गठबन्धनको निर्णय नकुरी एसिसी पारित गर्नुपर्ने कुरामा उनीहरु एकमत देखिएका हुन्। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे जानकारी गराउन आग्रह गरेपछि बैठकमा पूर्व अर्थमन्त्रीसमेत रहेका डा. रामशरण महतले एमसिसी परियोजनाबारे बैठकमा लामो चर्चा गरेका थिए । ‘एमसीसी विद्युत् र सडकका लागि भएको बताउंदै उनले यो जनमानसमा पुर्‍याउनुपर्ने धारणा राखेको एक नेताले बताए ।

यसैबीच, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि एमसिसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन् ।

बैठकमा वक्ताहरुले एमसिसीलाई कसरी चाँडै निष्कर्षमा पुर्याएर टुंग्याउने भन्नेबारे विस्तृत छलफल भएको बताए । एमसिसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै उनले चाँडै यस विषयको निष्कर्षमा पुग्ने बताए ।

नेपाली कांग्रेस सरकारमा हुँदा र विभिन्न सरकारको सहभागितामा त्यो प्रक्रिया अघि बढेको र त्यसमा माओवादीको समेत संलग्नता रहेको उनले बताए । ‘उहाँहरुको समेत संलग्नतामा एमसिसी अनुमोदन भएको हो । नेपाल सरकारले सन् २०१२ मा नै त्यो प्रक्रिया अघि बढाएको हो ।’ यो अन्योललाई चाँडै समाप्त पार्नुपर्छ भनेर र त्यो प्रक्रियालाई संसदमार्फत अघि बढाउनु पर्छ भन्ने कुरामा पनि पार्टीमा कुनै द्विमत नरहेको महतको भनाइ छ। बक्ताहरुले बोल्ने क्रम
नसकिएकोले बैठक भोलि पनि बस्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्