रहेनन् नेपाली हवाई क्षेत्रका पुराना हस्ती रोजारियो



काठमाडौँ । नेपाली हवाइ आकाशका एक पुराना हस्तीको निधन भएको छ। एक जिवित इतिहासका रुपमा रहेका रोनाल्ड क्यारिल रोजारियोको ९८ बर्षको उमेरमा जनवरी १४ मा निधन भएको हो ।

जस्ले द्वितीय विश्व युद्धमा एक लडाकु पाइलटको रुपमा रोयल बृटिस वायुसेनामा युद्धमा लडेर बहादुर सैनिकको परिचय दिँदै कैयन पदकबाट सम्मानित हुन सफल भएका थिए।

उनले नेपालको राष्ट्रिय ध्वजाबाहक तात्कालीन शाही नेपाल वायुसेवामा बरिष्ठ फ्लाइट इन्जिनियर को रुपमा काम शुरु गर्दै त्यसपछि तत्कालीन शाही नेपाली सेना अन्तर्गत रोयल फ्लाइटमा चिफ इन्जिनियर एवम पाइलट प्रशिक्षकका रुपमा लामो समय काम गरेका थिए।कामको अवधिमा उनले राजा बीरेन्द्रबाट धेरै सम्मानहरु पाउन सफल भएका थिए।

आफ्नो जागिरको अवधी भर एक निडर र कर्तव्यप्रति पुर्ण प्रतिबद्ध रहेका उनी गुमनाम रुपमा साधारण तरीकाले जीवन बिताउँदै आएका थिए।ज्ञद्ध वबल द्दण्द्दद्द मा ढड बर्षको उमेरमा अस्ताए । रोनाल्ड क्यारिलको निधनले एक पुराना अनुभवी एभिएशन हस्ती जो नेपालकै उदाहरण हुन गुमाउन पुगेको छ नेपाली हवाइ क्षेत्रले।

प्रतिक्रिया दिनुहोस्