राजधानी नपाएपछि बीरगन्जबासी आक्रोशित, निशानामा मुख्यमन्त्री राउत
बीरगन्ज।मधेस प्रदेशको स्थायी राजधानी जनकपुरकायम गरिएपछि असन्तुष्ट बनेका पर्सामा क्रियाशील राजनीतिक दल र स्थानीयले मुख्यमन्त्री लालबहादुर राउतको पुतला दहन गरेका छन् ।

मुख्यमन्त्री राउतले कुर्सीसंग राजधानी साटेको आरोप लगाउंदै प्रदर्शनकारीहरुले मंगलबार उनको पुत्ला दहन गरेका हुन्।प्रदर्शनमा सहभागीहरूले ‘वीरगन्जलार्ई मुख्यमन्त्री चाहिँदैन, हाम्रो वीरगन्जलार्ई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद लगायतका नारा पनि लगाएका थिए। त्यसक्रममा जुलुशमा सहभागीले मुख्यमन्त्री राउतको घरमा ढुंगा पनि प्रहार गरेका थिए। ढुङगा प्रहारबाट मुख्यमन्त्री राउतको घरको दुई वटा सिसा फुटेको बताइएको छ।
जुलुशको अगुवाइ गरेका काँग्रेस नगरसभापति वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनका लागि कांग्रेसले आन्दोलनको विगुल फुकिसकेकाले वीरगन्ज राजधानी नबने सम्म आफुहरुको आन्दोलन जारी नै रहने बताए।
प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै एमाले केन्द्रीय सदस्य राजकुमार गुप्ताले वीरगन्जलार्ई राजधानी बनाएर घोर अन्याय गरिएको बताए। उनले अब पर्सा जिल्लालार्ई बागमति प्रदेशमा मिसाउनका लागि आन्दोलन थालिने चेतावनी पनि दिए। मङगलवार नै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० पर्साले पनि एक विज्ञप्ति जारी गर्दै वीरगन्जलाइ प्रदेशको राजधानी नबनाइएको भन्दै आपत्ति जनाएको छ।
लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले जारी गरेको विज्ञप्तिमा मधेस आन्दोलनमा वीरगन्जले गरेको योगदानको अवमुल्यन गर्दै जनकपुरलार्ई राजधानी बनाएकोमा भत्र्सना गर्दै राजधानीका विषयमा प्रदेशसभाले गरेको निर्णय सच्याउन माग गरिएको छ। यसअघि सोमबार बेलुकी पनि वीरगन्जमा युवाहरुको एक समुहले प्रदर्शन गर्दै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला पनि जलाएका थिए।

