सोलुखुम्बु : हाइड्रोपावरमा कार्यरत मजदुरहरुलाई प्रहरीको प्रशिक्षण



सोलुखुम्बु। ‘समुदाय प्रहरी साझेदारीु कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले हाईड्रोपावरमा कार्यरत कर्मचारीलाई लक्षित गरी विभिन्न बिषयमा प्रशिक्षण प्रदान गरेको छ।

सोलु हाईड्रोपावर प्रा।लि।को समन्वय मा शुक्रबार आयोजित कार्यक्रममा सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कट्वाल र प्रहरी निरीक्षक ॠषिराज ढकालले सोलुदुधकुण्डनगरपालिका-११तिङ्लास्थित सोलु हाईड्रोपावर प्रालिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई विभिन्न बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको हो।

कार्यक्रममा कोभीड-१९, एचआईभी एड्स,लागु औषध ओसारपसार,मानव बेचबिखन,लैंगिक हिंसा र साइबर क्राइमका बिषयमा कर्मचारीहरुलाई प्रशिक्षित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्