सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता
धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएका तीनजनाको उद्धारका लागि हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली गएको छ।

रुबीभ्याली–१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे सुक्खा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए।
पुरिएका डोजर चालक, सहचालक र स्थानीय एक जनाको उद्धारका लागि सशस्त्र प्रहरीलाई पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।
घटनास्थलनजिकको प्रहरी चौकी सेर्तुङबाट टोली पुगे पनि बेलाबेला ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएकाले उद्धार हुन नसकेको डिएसपी भण्डारीले बताए। भर्खर सडकको ट्रयाक खोल्ने क्रममा रहेकाले अन्य डोजर लगेर बेपत्ताको खोजी गर्ने अवस्था नरहेकाले सशस्त्र प्रहरीको टोली पठाइएको हो।
डिएसपी भण्डारीका अनुसार बेपत्ता हुनेमा स्थानीय २५ वर्षीय अनिश तामाङको मात्रै नाम खुलेको छ।९सांकेतिक तस्वीर०

