सोलुखुम्बु : राष्ट्रिय महाधिवेशन र जिल्ला अधिबेशनको सन्देश प्रबाह गर्न एमालेले विभिन्न कार्यक्रम गर्ने



सोलुखुम्बु ।नेकपा एमाले सोलुखुम्बुले पार्टीको राष्ट्रिय महाधिवेशन र सातौं जिल्ला अधिबेशनको सन्देशलाई सबै पालिकामा प्रबाह गर्ने गरी बैठक, छलफल तथा अन्तरक्रिया आयोजना गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तीब्रता दिने निर्णय गरेको छ।

पार्टी केन्द्रीय सदस्य मानबीर राईको प्रमुख आतिथ्यता तथा जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सातौं जिल्ला अधिबेशनबाट निर्बाचित जिल्ला कमिटीको सोमबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो।
बैठकले सचिवालय गठन र जिम्मेवारी बांडफांड लगायतका महत्त्वपूर्ण निर्णय गर्न जिल्ला समन्वय समितिको सभाहलमा माघ २२ गते दोश्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय समेत गरेको अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

बैठकले अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने विभिन्न उपसमिति, ब्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिंदै अधिबेशनमा भएको खर्चको बिवरण संकलन गरि फर्छ्यौटका लागी रिपोर्ट पेश गर्न उपसचिव दिपक राजभण्डारीको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको उनले बताए ।

अध्यक्ष बास्तोलाका अनुसार बैठकले माघ ८ गते हुने प्रदेश अधिबेशनका लागि प्रदेश क बाट बीरबहादुर राई,दावा तामाङ,आङबाबु राई,कृष्ण गौतम,मच्छिन्द्र राई,लक्ष्मी कार्की बस्नेत,सम्झना घिमिरे र गोपाल घिमिरे तथा प्रदेश ख बाट रामकाजी श्रेष्ठ, वीरउदास श्रेष्ठ,मनोज श्रेष्ठ,धनबहादुर राई,मोहन कुमारी कार्की,बुद्धलक्ष्मी राई र टंक कालिकोटेलाई प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ।

आइतबार सांझ सम्पन्न सोलुखुम्बु एमालेको सातौं जिल्ला अधिबेशनले निबर्तमान अध्यक्ष डुफकुमार बास्तोलालाई नै अध्यक्षमा सर्बसम्मत निरन्तरता दिंदै ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो।जिल्ला कमिटीमा पांच पदाधिकारी,भूगोलतर्फबाट ४३ सदस्य, खुला सदस्य २०, खुला महिला सदस्य १७,भूगोल, खुला दलित सदस्य ३ र महिला दलित सदस्य २ जना चुनिएका छन्।

जिल्ला कमिटीमा सोलुदुधकुण्ड नगर पालिकाबाट १८,माप्यदुधकोशीबाट १५,नेचासल्यानबाट १३,सोताङबाट १२,थुलुङदुधकोशीबाट१०,महाकुलङबाट १०,खुम्बुपासाङ ल्हामुबाट ९ र लिखुपिकेबाट ३ जनाको प्रतिनिधित्व जिल्ला कमिटीमा रहेको जिल्ला कमिटी सदस्य गोपाल घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्