राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्बराजा शाह भोलि सिंहदरबर गेट जांने
काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारको मूलगेटमा अवस्थित राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुने भएको छ।

३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मंगलबार मध्यान्ह साढे १२ बजे सिंहदरबार अगाडि पुगि पूर्बराजा शाहले आफ्ना पूर्बजसमेत रहेका राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने हुनुभएको हो।
पूर्बराजाका संवाद सचिव फणिराज पाठकद्वारा जारी सूचनामा भनिएको छ (‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन मंगलबार १२।३० बजे सिंहदरबारको मूलगेटअगाडि रहेको श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सवारी होइबक्सने कार्यक्रम रहेको छ।’
मंगलबारै राप्रपाले रत्नपार्कको शान्ति बाटिकामा पृथ्वी जयन्तीका अवसरमा कार्यक्रम गर्ने भएको छ।
राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीका अवसरमा मंगलबार सार्वजनिक बिदा दिन माग गरेका छन्।

