सोलु एमालेको अधिबेशनबाट चुनिए यी सदस्य,खुला सदस्य र पदाधिकारी चयन भोलि
सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुको जारी सातौं अधिबेशन अन्तर्गत दोश्रो दिनको बन्दसत्रले भूगोल,खुला महिला र दलित तर्फका जिल्ला कमिटी सदस्यहरु सर्बसम्मत रूपमा चयन गरेको छ।

निबर्तमान अध्यक्ष डुफकुमार बास्तोलाद्वारा प्रस्तुत राजनीतिक कार्यपत्र र उपाध्यक्ष हर्कबहादुर राईद्वारा प्रस्तुत सांगठनिक कार्यपत्र पारित गरेपछि सुरु भएको निर्बाचन प्रक्रियामा तीन क्लस्टरबाट सदस्यहरु सर्बसम्मत निर्बाचित भएको निर्बाचन मण्डलले जनाएको छ ।
निर्बाचन अधिकृत छत्र खड्काका अनुसार भौगोलिकतर्फ फुरीग्याल्जेन शेर्पा,राजु पुरी,पासाङदिकी शेर्पा,छिमी छिरिङ शेर्पा,लामाकाजी शेर्पा,दोमराज बास्तोला,साबित्रा भट्टराई,देवकी थुलुङ,राजन कुमार राई,कृष्ण गौतम,शुभधनी राई,डेकबहादुर राई,शक्ति कुलुङ,लालमन राई,ङिमी शेर्पा,छोङ्बा शेर्पा,चुङ्बाछिरिङ लामा,मिङमार तामाङ,नुतन श्रेष्ठ,योगेश श्रेष्ठ,बुद्धसिङ तामाङ,गेलु शेर्पा,कल्पना राई,दाडोमा शेर्पा,मोहन कुमारी कार्की ,कुन्जाङनुरु शेर्पा,चरित्र भुजेल,वीरमाया बस्नेत,आङबाबु राई,नन्द गुरूङ रामचन्द्र कार्की,चतुरमान तामाङ र पार्वती राई जिल्ला कमिटी सदस्य निर्बाचित भएका छन्।
यसैगरी,महिला खुलातर्फ जिल्ला कमिटी सदस्यमा निर्बाचित हुनेहरुमा बुद्धलक्ष्मी राई,मिनाकुमारी मगर,सरस्वती कुलुङ,दौलित कुलुङ,शशिकला कुलुङ,नरमाया राई,जीवनकला राई,अन्जना खालिङ,तारादेवी कटुवाल,सम्झना घिमिरे,सीता फुयाल,सलिना राई,संगीतकला राई,जर्मनी राई,आङछुटिन शेर्पा,नानु बिक र लक्ष्मी बिक छन् ।
दलिततर्फ धनकुमार बिक,गोपाल घिमिरे,टंक कालिकोटे र दलित महिलातर्फ सबिता घिमिरे र बिष्णु बिक सदस्यमा निर्बाचित भएको निर्बाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।
भोलि बिहान ९ बजेबाट सुरु हुने तेस्रो दिनको बन्दसत्रले ५ पदाधिकारी र खुला सदस्य चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष बुद्धिकुमार राजभण्डारीको भनाइ छ।

