प्रेस चौतारी नेपाल सोलुखुम्बुमा नयाँ समिति,अध्यक्षमा शर्मा
सोलुखुम्बु । प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा डिल्ली शर्मा चयन हुनुभएको छ । आज ९शनिबार० सम्पन्न तेश्रो जिल्ला सम्मेलनले शर्माको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसहमत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रदिप राई र बसन्ती नाछिरिङ, सचिवमा गार्डेन राई, सहसचिवमा मिलन नाछिरिङ र सुनिता राई र कोषाध्यक्षमा एलिना गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अनुज खड्का, नविन राई, पशी शेर्पा र राजु शर्मा चयन हुनुभएको प्रेस चौतारी नेपाल सोलुखुम्बुले जनाएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ बर्षको हुने नवनिर्वाचित अध्यक्ष डिल्ली शर्माले जानकारी दिनुभयो । सम्मेलन प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नुतन श्रेष्ठ र नेकपा एमाले सोलुखुम्बु प्रेस चौतारी नेपालका निबर्तमान फ्याक्सन इन्चार्ज मुक्ति बास्तोलाको विषेश उपस्थितीमा सम्पन्न भएको बताइएको छ ।

