थुलुङ दुधकोशीमा ग्रामीण आँखा क्लिनिक सन्चालनमा



सोलुखुम्बु ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा ग्रामीण आखाँ क्लिनिक सन्चालनमा आएको छ।

वडा नम्बर ६ मुक्लीमा आवश्यक स्वास्थ्यकर्मी, उपकरण तथा औषधि जुटाएर सन्चालनमा ल्याईएको आँखा उपचार क्लिनिकको बिहिवार कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष अशिम राईले उद्घाटन गरेका हुन।थुलुङ दुधकोशी गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान र सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको संयुक्त पहलमा स्थापना गरिएको क्लिनिकका लागि
हिमालयन मोतिबिन्दु परियोजनाको १० लाख बराबरको उपकरण सहयोग गरेको बताईएको छ।

उद्धघाटन कायर्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले ग्रामीण आँखा क्लिनिकको स्थापनाले आँखा सम्बन्धि सामान्य समस्या आउँदा स्थानीय नागरिकले अन्यत्र धाउंनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

जिल्ला सामुदायिक आँखा केन्द्रका अध्यक्ष ङिमातेण्डुप शेर्पाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता राई,तिलगंगा आँखा केन्द्रका हरी कार्की, वडाध्यक्ष राम संघर्ष किराँती लगायतले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्