प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित
भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ।

देउवा यही पुस २५ गते भारत जाने तयारी थिए। देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो।
गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए।
देउवा सहभागी हुने भनिएको गुजरात सम्मेलन स्थगित
ओमीक्रोन र कोरोनाको अर्को लहर आउन थालेपछि भाइब्रेन्ट गुजरात समिट स्थगित भएको खबर आएको छु, देउवाले नेपालखबरसँग भने, ‘यससँगै तत्काललाई प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित गर्ने निर्णय भएको छ।’
गुजरात सम्मेलन जनवरी १० देखि १२ सम्म चल्ने तालिका थियो। यसको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने योजना थियो।
गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पछिल्लो एक सातामा गुजरातमा कोरोना संक्रमणको अवस्थाबाट अध्ययन गर्दै उक्त सम्मेलन स्थगित गर्ने निर्णय गरेका हुन्।

