तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौँ: सरकारले गैरकानुनी शुल्क लिने मेडिकल कलेजलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही हुने चेतावनी दिएको हो।

शिक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणमा यो सूचना प्रकाशित गरिएको छ।’
ऐनमा गैरकानुनी शुल्क लिए सम्बन्धन खारेजसम्मको अधिकार छ।

