राष्ट्रिय सभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी (नामावलीसहित)
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदै छ ।
सो निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार परेको उम्मेदवार मनोनयन दर्ता अन्र्तगत ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए ।
जसमध्ये नेकपा ९एमाले० बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा ९माओवादी केन्द्र० बाट ५ जना, नेकपा ९एकीकृत समाजवादी० बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएको प्रवक्ता धमलाले बताए ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानबिन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ ।
२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको आयोगका सहायक प्रवक्ता धमलाले बताए ।
कुन प्रदेशमा को-को उम्मेदवार?



