माओवादी केन्द्रीय कमिटी बैठक : अध्यक्षमा प्रचण्ड चुनिए,अन्य पदाधिकारीको टुंगो लागेन
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक एक साताका लागि स्थगित भएको छ।

पार्टीको आठौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले सोमबार पदाधिकारी निर्वाचित गर्ने भनिएको थियो। तर बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गर्नुबाहेक अरु पदाधिकारी चयन गरेन।
माओवादी नेता गणेश साहले बैठक पुस २५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए। उनका अनुसार पदाधिकारी चयनमा नेता वर्षमान पुनलाई पर्खिन खोजिएको हो।
नेता पुनः चीनमा उपचाररत छन्। उनी भोली डिस्चार्ज भएर आउने बताइएको छ । पदाधिकारी चयनमा वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीसँग पनि थप परामर्श गर्न खोजिएको बताइएको छ।
माओवादी भित्र पुनलाई महासचिवका दाबेदारका रुपमा हेरिएको छ।

