माओवादी केन्द्र : ३ आयोग अध्यक्षमा पुरानै नाम सर्बसम्मत
काठमाडौं।नेकपा माओवादी केन्द्रको ८ महाधिवेशनको बन्दसत्र हलले ३ आयोगमा अध्यक्षको नाम सर्वसम्मत रूपमा पारित गरेको छ ।

निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोगको अध्यक्षमा टंक राई र लेखा आयोगको अध्यक्षमा पेशल खतिवडाको नाम सर्वसम्मत रूपमा पारित गरेको हो ।
कमलादीमा अहिले माओवादी केन्द्रको ८ औँ महाधिवेशनको बन्दसत्र जारी छ । उता जनजातीतर्फको केन्द्रीय सदस्यमा हितबहादुर तामाङ केन्द्रीय चयन बनेका छन् । उनी जनजाति पुरुष ११ जनाको सूचीमा केन्द्रीय सदस्यमा समेटिएका हुन् ।बन्दसत्रमा अध्यक्ष प्रचण्डले उनको नाम बाचन गरेका थिए।

