माओवादी केन्द्र : लाभको पदमा पुगेका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग



काठमाडौं।नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा नेताहरुको सम्पत्ति छानविनको माग उठेको छ।

बन्दसत्रमा प्रस्तुत प्रस्तावमाथि छलफलका लागि बनाइएको २५ समूहमध्ये बुधबार ११ समूहले ब्रिफिङ गरेका थिए। तीमध्ये केही समूहको तर्फबाट पार्टी नेताहरुको सम्पत्ति छानविनको कुरा उठेको हो।

कर्णाली प्रदेशको समूहबाट छलफलको निश्कर्ष प्रस्तुत गर्दै विमला केसीले नेताहरुको सम्पत्तिको लेखापरीक्षणको माग राखिन्। गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि उस्तै प्रसंग उठाइन्। ‘लाभको पदमा गएका पार्टी नेताहरुको सम्पत्ति छानविन र सार्वजनिक गर्न आवश्यक छ,’ आफ्नो समूहको निश्कर्ष प्रस्तुत गर्दै उनले भनिन्।

गण्डकी प्रदेशको तर्फबाट प्रस्तुत निश्कर्षमा एक व्यक्ति दुई पटकभन्दा बढी लाभको पदमा जान नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। प्रदेश २ बाट सत्यनारायण भगतले पनि पार्टीका नेताहरुको सम्पत्ति छानविन हुनुपर्ने निश्कर्ष सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्