नेपाली कांग्रेस : प्रदेश २ मा पनि देउवा समूहकै बर्चस्व



काठमाडौं।जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवारहरु विजयी भएका छन्।

विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको जित भएको हो।जसको हालसम्मको मतगणना परिणामअनुसार शुक्रबार बिहानै निधि(कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव विजयी भइसकेका छन्।

त्यसपछि अन्य पदाधिकारीको मतगणना गरिएको हो। शुक्रबार राति १० बजे सम्पन्न मतगणनाको नतिजाअनुसार उपसभापतिदेखि सहमहान्त्रीसम्म सबै पदाधिकारीमा देउवा पक्षकै उम्मेदवार विजयी भएका हुन्। ​​

जसअनुसार प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन्। सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन्। यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादवको जित भएको छ।

प्रतिक्रिया दिनुहोस्