बाग्मती प्रदेशमा फेरि मन्त्रीपरिषद बिस्तार,थपिए ६ मन्त्री
शुक्रबार साँझ आयोजित एक समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

कांग्रेसका तर्फबाट तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम पौडेलले शपथ लिएका छन्।
त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेलाई प्रदेश प्रमुख शर्माले शपथ खुवाएका छन्।
योसँगै बागमती प्रदेशमा मुख्यमन्त्री सहित १८ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। जसमा १३ मन्त्री र चार राज्यमन्त्री छन्।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दठद्धद्धद्धरुादअष्मि.क्ष्धब्च्ज्ञश्ढल्इश्श्इत्रथ्श्उढज्ञच्ःाठभब्)ल्भ)ख्त्राख्ँक्ष्भ्प्ँइद्यत्रनइघबष्द्दयप्शचथ्ण्ह्पदश्ह्ख्त्तथअ

