बल्ल छान्यो माओवादी प्रदेश नं १ ले नेतृत्व



काठमाडौं।नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा जनार्दन शर्माको प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रत्यासी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् ।मुक्साहाङ भने वर्षमान पुन निकटका हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।

तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् ।सचिव पदमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भएका थिए ।यस्तै ३ जना सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उम्मेदवारी परेको थियो निर्वाचन समितिका संयोजक राजन किरातीले बताए ।तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने । राजु आचार्य, सन्तोष थारु, हर्क लावती, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली, कृष्ण जिमी दिलकुमार राई र तेजमान कन्दङ्वा भने पराजय बनेका छन् ।१ जना कोषाध्यक्षका लागि गगनसहित ४ जनाको उम्मेदवारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए ।मङ्सिर २५ गते देखी अधिवेशन शुरू भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्