सोलुखुम्बु : विभिन्न चार विद्यालयमा अनेरास्ववियुले गठन गर्यो प्रारम्भिक कमिटी
सोलुखुम्बु । जिल्ला कमिटी सोलुखुम्बुको ११ औं सम्मेलनलाई मध्यनजर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जिल्लाभरका विद्यालय तथा क्याम्पसहरुमा संगठन बिस्तार र प्रारम्भिक कमिटी गठनलाई तीब्रता दिएको छ।

यसक्रममा हालैमात्र जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्याम्पस तथा विद्यालय गरि चारवटामा प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।अनेरास्ववियु सोलुखुम्बु का सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख मिलन नाछिरिङका अनुसार सोताङ गाउपालिका वडा न।(४ को श्री हुगा मा।वि। नाम्लुङमा साम्राग्गी राईको अध्यक्षतामा ३८ सदस्य प्रारम्भिक कमिटी गठन गरिएको छ।
कमिटीको उपाध्यक्षमा साहिदा राई र देफु राई,सचिवमा मिङमार तामाङ
सह(सचिवमा अधिराज राई र चमेलि तामाङ तथा कोषाध्यक्षमा रोचना राई छन् ।यसैगरी,साँस्कृतिक बिभाग संयोजकमा दिल कुमारी राई
र खेलकुद बिभाग संयोजकमा बिकास राई रहेको नाछिरिङले जानकारी दिए।
त्यसगरी, सोलुखुम्बु बहुमुखी क्याम्पसमा सल्लेरीमा बिनोद थुलुङ को अध्यक्षतामा २५ सदस्य अनेरास्ववियु ं२ कमिटी र खुम्बु पासान्ङल्हामु गाउँपालिका वडा नं १स्थित खरिखोला माबिमा नाम्डु शेर्पाको अध्यक्षमा ६३ सदस्य प्रारम्भिक कमिटी गठन गरिए उनले बताए ।

