फिफा वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा, बेल्जियम पहिलो



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा यथावत रहेको हो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ ।

नयाँ वरीयताको दस शीर्ष स्थानमा क्रमशः ,बेल्जियम,ब्राजिल,फ्रान्स,
इंग्ल्यान्ड,अर्जेन्टिना,इटाली,स्पेन,पोर्चुगल,डेनमार्कर नेदरल्यान्ड्स छन् ।

प्रतिक्रिया दिनुहोस्