एमाले सोलुखुम्बुको बैठक शनिबार,यस्तो छ कार्यसूची
सोलुखुम्बु ।नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको १६ औं पुर्ण बैठक आगामी शनिबारका लागि बोलाईएको छ।

मंसिरको दोश्रो साता हुने पार्टीको दशौं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने बिषयमा छलफल गर्ने कार्यसूची रहेको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सचिब आशकुमार राई ‘शिशिर’ ले जानकारी दिए।सोमबार सूचना जारी गर्दै खालिङले बैठकमा अनिबार्य उपस्थित हुन प्रदेश कमिटी तथा जिल्ला कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।
महाधिवेशन अन्तरगत सोलुखुम्बुमा माप्यदुधकोशी गाउँपालिका बाहेक अन्य स्थानीय तहका सम्पूर्ण अधिबेशनहरु सम्पन्न भइ सकेका छन।बांकी रहेको माप्यदुधकोशीको अधिबेशन पनि बिहीवार सम्पन्न गर्ने तयारी गरिएको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ।
आइतबारमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले १४ अपानि जारी गर्दै केन्द्रीय संगठन बिभागमा अभिलिखित सदस्य संख्याका आधारमा मापदण्ड अनुसार २७ गतेसम्म महाधिवेशन प्रतिनिधिको नाम दर्ता गराउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएका थिए।

