प्रधानन्यायाधीशसंग बार्ता गर्न न्यायाधीशहरुको समिति

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग ३ न्यायाधीशले वार्ता गर्ने भएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका हुन् । तीनै जनाले सोमबार प्रधानन्यायाधीशसँग वार्ता गर्ने निर्णय गरेका छन् ।
आइतबार प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी भोली थप रणनीति बनाइने जनाइएको छ । आज दिउँसो ३ न्यायाधीशले प्रधानन्यायाधीशसँग छलफल गरेका हुन् ।
न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसकेको भन्दै राजीनामालाई मुख्य एजेण्डा बनाएका छन् । उनीहरुले झण्डै एक हप्तादेखि मुद्दाको सुनुवाइ समेत गरेका छैनन् ।

