फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न अनेरास्ववियुको माग



नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न माग गरेको छ ।

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई आज ज्ञापनपत्र बुझाउँदै फागुन १४ गते स्ववियुको चुनाव गराउन माग गरेको हो ।

अनेरास्ववियू अध्यक्ष सुनिता बरालसहितको टोलीले विश्वविद्यालयका उपकुलपति बाँस्कोटालाई भेटेर ज्ञापनपत्र बुझाएको थियो ।

त्यसबाहेक विश्वविद्यालयमा शिक्षा सुधारका लागि अनेरास्ववियुले विभिन्न माग राखेको छ । त्यसबाहेक, चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले लिने शूल्क बढी भएको भन्दै बढी लिएको शूल्क तत्काल फिर्ता गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्